logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ जना पक्राउ

    सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ जना पक्राउ

    4.8K
    Shares
    सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ जना पक्राउ

    काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ जनालाई पक्राउ गरेको छ । विभागले पक्राउ परेकामाथि अनुसन्धान गरिरहेको छ ।

    नेपालमा तस्करी भई आएको सुन भारतका तस्करसम्म पुर्याउने काम उनीहरुले गर्दै आएको दाबी विभागको छ । सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ जनालाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले सुनौलो नेपाललाई बताए । उनले भने, “शंकास्पद गतिविधि गरिरहेका ८ जनालाई हाम्रो टोलिले नियन्त्रणमा लिएको छ, उनीहरुका विषयमा अनुसन्धान भइरहेको छ ।”

    काठमाडौँ महानगरपालिका १५ स्वयम्भू बस्ने ४४ वर्षीय अमिरुदिनले भाडामा लिएको घरमा बसेका उनीहरुलाई राजस्व अनुसन्धानको टोलीले फागुन १८ गते नै पक्राउ गरी अनुसन्धान थालेको थियो ।

    पक्राउ पर्नेमा भारतीय नागरिकहरु दिल्ली पश्चिम बिहार घर भएका बर्ष २३ का धुव्र शर्मा, दिल्ली कृष्ण बिहार घर भएका बर्ष २५ का प्रिन्स शर्मा, दिल्ली पश्चिम घर भएका बर्ष २२ का रोहित कश्यप, दिल्ली रोहिना ११००८५ ब्लक घर भएका बर्ष २३ दिपान्सु शर्मा लगायतका रहेका बताइएको छ् ।

    विभागले उनीहरुको मोबाइल लगायतका सामग्रीहरु परीक्षणका लागि पठाइएको बुझिएको छ । पक्राउ पर्नेहरु सुन तस्करीमा मुद्दा खेपिरहेका विमल पोद्धारसँग जोडिएको विभागको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend