logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सुन तस्करीमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश र जितेन्द्रमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, होला छानविन ?

    सुन तस्करीमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश र जितेन्द्रमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, होला छानविन ?

    2.8K
    Shares
    सुन तस्करीमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश र जितेन्द्रमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, होला छानविन ?

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरु दिपेश र जितेन्द्र पुनमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

    पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर दुबैमाथि छानबिन गर्न निर्देशन दिइएको लामिछानेको सचिवालयकी प्रतिभा रावलले बताएककी छिन् ।

    गृहमन्त्री लामिछानेले आइतबार प्रहरी महानिरीक्षक वसन्त कुुँवरलाई सुन तस्करी प्रकरणमा संलग्न पुनद्वयलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

    पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्रले पिताको पदीय आडमा सुन तस्करी गरेको आरोप लागेको छ । उनले चीनको एक कम्पीसँग उधारोमा चार किलो सुन किन्न २०१९ अक्टोबर ६ तारिखमा गरेको तमसुक समेत बाहिरिएको छ ।

    जितेन्द्रले एक वर्षभित्र अढाइ करोड रुपैयाँ दिने भनेर तमसुक गरेको तर पैसा फिर्ता गरेका थिएनन् ।पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दिपेश पनि सुन तस्करीमा मुछिएका थिए । दबाबपछि प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा उनलाई बयान कागज गराएर छाडेको थियो ।

    तत्कालीन उपराष्ट्रपतिकै ‘जानकारी तथा संरक्षणमा’ उनको हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटक–पटक सुन ल्याएको थियो । एक खेपमा ल्याएको चार किलोको पैसा चिनियाँ बिक्रेतालाई नदिएको खुल्न आएको छ ।

    पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले जस्तै गरी पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र जितेन्द्र पनि विभिन्न गैरकानुनी कारोबारमा सक्रिय भएको पत्ता लागको छ ।

    भुटानी शरणार्थी प्रकरणमा सन्दीप अहिले धरौटीमा छन् भने प्रतीक फरार छन् । पूर्वउपराष्ट्रपतिका छोरा दीपेश अवैध उत्खनन, सहकारी ठगी र सुन तस्करीमा सहभागी भएको भनेर तथ्यसहित उजुरी परे पनि सरकारले उनलाई उन्मुक्ति दिँदै आएको छ ।

    सुन तस्करीमा पूर्वसभामुखका छोरा राहुल पक्राउ परेपछि पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र फरार छन् । उनले सुन तस्करीकै लागि तिब्बती नाकाबाट आवतजावत गर्न गृह मन्त्रालयबाट परिचयपत्र बनाएका थिए ।

    उपराष्ट्रपतिले छोराको कारोबारलाई सघाउन चिनियाँ व्यापारीलाई भटेको पाइएको छ। जितेन्द्रले चार किलो सुन उधारोमा किन्न २०७६ असोज १९ मा चीनको सेन्जेन प्रस्पर मङ्कक कम्पनीसँग तमसुक गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend