logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नबिल बैंककी ट्रेजरी हेड विनिशा एडिबीबाट सम्मानित

    नबिल बैंककी ट्रेजरी हेड विनिशा एडिबीबाट सम्मानित

    22.4K
    Shares
    नबिल बैंककी ट्रेजरी हेड विनिशा एडिबीबाट सम्मानित

    काठमाडौं । नबिल बैंकको ट्रेजरी एन्ड करस्पोडेन्ट बैंकिङ हेड विनिशा श्रेष्ठ एसियन डेभलमेन्ट बैंक (एडिबी) बाट सम्मानित भएकी छिन् । विनिशा एडीबीको ट्रेड फाइनान्सिङ ग्लोबलको विमन इन ट्रेड ट्रेजरी पेमेन्टबाट सम्मानित भएकी हुन् । नबिल एडिबीको साझेदार पनि हो ।

    २८ वर्षदेखि नबिल बैकमा कार्यरत श्रेष्ठले विश्वभरका ७० जना महिलामध्येबाट सम्मान हात पारेकी हुन् । एडिबीको ट्रेड फाइनान्सिङ ग्लोबलले प्रत्येक वर्ष महिलालाई प्रोत्साहनको कार्यक्रम गर्दै आएको छ ।

    त्यसमा महिलालाई व्यापार, टे«जरी र भुत्तानी क्षेत्रमा कार्यरत महिलालाई सम्मान गर्दै आएको छ। ‘फिल्डमा काम गरिरहेका महिला नबिल बैंकबाट नोमिनेसन मागेको थियो । त्यसमा हाम्रो संस्थाले मलाई लामो समय यो फिल्डमा काम गरिरहेको र टे«जरी विभागमा प्रमुख भएर काम गरेको हुनाले पहिचान गरेर संस्थाले मलाई पठायो’ उनले सुनौलो नेपालसँग भनिन् ।

    ‘विश्वभरका ७० महिला मध्येबाट छनोट भएँ । यसमा नबिलले मलाई नोमिनेसन गरेर पठाएर मैले सम्मान पाएँ । त्यसैले मलाई एकदमै खुशीको अनुभव भईरहेको छ’ उनले भनिन् ‘जुन लामो समय मैले व्यापार र टे«जरी फिल्डमा काम गरे त्यसकै सम्मानको रुपमा मैले यसलाई लिएको छु ।’

    आइएस्सी सकेपछि उनले विदेश जाने सोच नबनाएकी हैनन् । तर, नबिल बैंकले उनको विदेश जाने सोचलाई ‘यूर्टन’ गरिदियो र उनी नेपालमै वस्ने निर्णयमा पुगिन् ।

    उनी भन्छिन् ‘नबिल बैंकमा जागिर नखाएको भए म अहिले विदेशमा हुन्थे होला ।’ आइएस्सी सकिएपछि एक विदेशी लगानीको बैंकका लागि जुनियर असिस्टेन्ट चाहिएको रहेछ । उनले जागिर खानका लागि निवेदन दिइन् । उनी छनौट भइन् । सन् १९९५ डिसेम्बरदेखि तत्कालिन नेपाल अरब बैंक हालको नबिल बैंकमा प्रवेश गरिन् । पढिरहदा बैंक क्षेत्रमा नै लाग्छु भने उनले सोचेकी थिइनन् ।

    जुनियरबाट हुँदै विनिशा आज ट्रेजरी विभागको हेड भएकी छिन् । ‘नबिलले पद र पैसा दुवै दिएको छ । दुःखमा पनि साथ दिएको छ । त्यही भएर धेरै अफर आउँदा पनि नबिल बैंक छाडिनन्’ उनले भनिन् ‘म लामो समय हुनुमा नबिलको ठूलो भुमिका छ ।’

    अहिलेको अवस्थामा १२ पास गरेपछि सबैको सोच विदेश जाने नै हुने गरेको छ। १२ पास गरेपछि विदेश जाने एक किसिमको फेसन बनेको छ । अहिले नेपालमा अवसर नभएको हैन । तर, सबैले त्यो अवसरको सदुपयोग गर्न नसकेको उनको ठम्याइ छ । कतिपय अवस्थामा राज्यको आर्थिक तथा राजनीतिक चुनौती पनि युवा विदेशिने कारक रहेको उनको तर्क छ।

    महिलालाई काम गर्न अझै समस्या रहेको उनको अनुभव छ । यद्यपि, उनलाई परिवारले साथ र सहयोग गरेका कारण झण्डै तीन दशक नबिलमा बिताइसकेकी छिन् ।

    ‘महिला भएको कारणले समय मिलाउन अलिकती समस्या हुँदोरहेछ । किनभने महिलाको घरमा पुरुष भन्दा बढी उत्तरदायित्व रहने गर्छ’ उनले भनिन् । महिलाले घर तथा आफ्नो करियरलाई सँगै लिएर जानुपर्ने उनको भनाई छ ।

    ‘मैले कुनै समय यो बैंकमा विहान ९ बजेदेखी साँझको ९ बजेसम्म काम गरेको छु । त्यसबेला मैले घरमा बच्चालाई समय दिन सकेको थिएन । बैंकमा समय व्यवस्थापन नै महिलाहरुका लागि ठुलो चुनौति हो’ उनले भनिन् । महिला भएकै कारणले नबिल बैंकमा त्यस्तो भेदभाव झेल्नु पर्ने अवस्था नआएको र अबसर पाएको उनले बताइन् ।

    ‘सबैभन्दा ठुलो कुरा मिहेनत हो कामप्रति लगनशील भएर लाग्यो भने सफल अवश्य भइन्छ’ उनी भन्छिन् । महिलाहरु माथिल्लो स्तरसम्म पुग्नलाई घरबाट साथ समर्थन, पढाई साथै आफुमा पनि गर्छु भन्ने विश्वास पनि त्यत्तिकै महत्वपुर्ण हुन्छ । त्यसका साथै महिलामा नेटवर्किङ क्षमता पनि वृद्धि हुन जरुरी भएको उनको ठम्याइ छ ।

    २८ वर्षसम्म नबिल बैंकमा बस्नुको धेरै कारणहरु रहेको खुलाउँदै उनले भनिन् ‘आर्थिकदेखि मेरो व्यक्तिगत तथा प्रोफेशनल जीवनमा महत्वपूर्ण भुमिका नबिलले खेलेको कारणले गर्दा मैले बैंक छोड्न नसकेको हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend