शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

शर्मा एन्ड कम्पनीसँग १५ अर्बका ठेक्का, १० अर्ब ९६ करोड ऋण

शर्मा एन्ड कम्पनीसँग १५ अर्बका ठेक्का, १० अर्ब ९६ करोड ऋण

काठमाडौं। निजी क्षेत्रको ठूलो मध्ये एक निर्माण संस्था शर्मा एन्ड कम्पनीको व्यापार ४६ प्रतिशत बढेको छ । एक वर्षमा कम्पनीले ३ अर्ब ६२ करोड ५० लाख रुपैयाँको निर्माण व्यापार गरेको छ । २०२२ मा शर्मा एन्ड कम्पनीले २ अर्ब ४७ करोड ६० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो ।

एक वर्षमा कम्पनीको निर्माण व्यापार १ अर्ब १५ करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

२०२१ मा १ अर्ब ८९ करोड ९० लाख, २०२० मा ८८ करोड ३० लाख र २०१९ मा १ अर्ब ५६ करोड ८० लाख रुपैयाँको निर्माण व्यापार गरेको छ । कम्पनीले निर्माण बाहेक भवन र निर्माण उपकरण भाडाबाट आम्दानी गर्दै आएको छ । निर्माण सामाग्रीको मूल्य बढ्दा कम्पनीको मार्जिन घटेको छ ।

शर्माले अल्पकालिन र दीर्घकालिन गरी कूल १० अर्ब ९६ करोड ७३ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । जसमा कम्पनीले ए थ्रि रेटिङ पाएको छ । कम्पनीसँग अहिले १५ अर्ब रुपैयाँ बराबरको ठेक्का कार्यान्वयन गर्न बाँकी छ । यो रकम शर्मा एक्लै र संयुक्त उपक्रम (जेभी) रहेको छ । जुन गत वर्ष गरेको आम्दानीको ४ गुणा बढी हो ।

गत वर्ष कम्पनीसँग ३१ अर्ब रुपैयाँभन्दा बढीका परियोजना थिए । शर्मा ‘क’ वर्गको निर्माण कम्पनी हो । विभिन्न सडक, पुल, खानेपानी र भवन निर्माण ठेक्काको काम पूरा गर्न बाँकी छ। यीबाहेक शर्मासँग अझै ३२ अर्ब रुपैयाँको परियोजना ठेक्कामा भाग लिने क्षमता छ।

शर्माले सञ्चालन गरिरहेका अधिकांश आयोजना सरकारसँग सम्बन्धित छन् ।

सन १९६६ मा राधाकृष्ण शर्माले सो कम्पनी स्थापना गरेका थिए। कम्पनीले १९८० मा सरकारबाट ‘क’ वर्गको स्तर पाएको हो। कम्पनीको पुल, सडक, भवन, खानेपानीलगायत आयोजनामा उपस्थिति छ।

पारिवारिक कम्पनी शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेशकुमार शर्मा हुन् । कम्पनीमा उनको ६७ प्रतिशत स्वामित्व छ । बाँकी ३३ प्रतिशत स्वामित्व लता बराल शर्मा, शौरभ शर्मा र रमेशप्रसाद सुवेदीको छ। कम्पनीसँग बलियो अनुभवी टिमका साथै बजार हिस्सा पनि राम्रो छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend