logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य

    प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य

    1K
    Shares
    प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार २ सय कायम भएको छ ।

    सोमबार छापावाला सुन प्रतितोला रुपैँया १ लाख २४ हजार ५ सयमा कारोबार भएको थियो ।यस्तै, तेजावी सुन पनि प्रतितोला रुपैँया ७ सयले बृद्धि भएको छ । महासंघले आजका लागि तेजावी सुन प्रतितोला रु एक लाख २४ हजार ६ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला रुपैँया १ लाख २३ हजार ९ सय मूल्यमा कारोबार भएको थियो ।

    यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार ५ सय २० मा कारोबार भएको चाँदी आजका लागि रुपैँया १ हजार ५ सय २५ निर्धारण भएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend