logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    1.1K
    Shares
    तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा पुगेको छापावाला सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ३ सय रुपैयाँले  घट्दै १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको पनि आज तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend