logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सवारी दुर्घटना : सुदूरपश्चिममा साढे ३ वर्षमा ६ सय ७४ को मृत्यु

    सवारी दुर्घटना : सुदूरपश्चिममा साढे ३ वर्षमा ६ सय ७४ को मृत्यु

    728
    Shares
    सवारी दुर्घटना : सुदूरपश्चिममा साढे ३ वर्षमा ६ सय ७४ को मृत्यु

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७\७८ देखि गत फागुन मसान्तसम्म सुदूरपश्चिमका नौवटा जिल्लामा सवारी दुर्घटनाबाट छ सय ७४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

    ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार चालु आवको फागुनसम्म सुदूरपश्चिममा एक सय १४ जनाको मृत्यु भएको छ । आव २०७७÷७८ मा एक सय ८७, आव २०७८\७९ मा एक सय ९६, आव २०७९\८० मा एक सय ७७ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले जानकारी दिए । अनियन्त्रित गति र सडकका कारण बढीजसो दुर्घटना हुने गरेको उनको भनाइ छ ।

    दुर्घटनाको कारण अनियिन्त्रित भएर सवारी हाँक्नु प्रमुख रहेको छ । कतिपय अवस्थामा सडक पनि दुर्घटनाको कारण बनेका छन्”, प्रनाउ उप्रेतीले भन्नुभयो, प्रदेशका विभिन्न स्थानमा ट्राफिक सचेतनाका कार्यक्रमहरु संचालित छन् ।

    जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले तीव्र गति र लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको बताए ।

    जिल्लामा गत वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको छ”, उनले भने, “चालु आवको हालसम्म यहाँ २२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

    प्रनि विकले पछिल्लो समय राजमार्गमा भन्दा भित्री सडकहरुमा दुर्घटना बढी हुने गरेको बताए । “कञ्चनपुरमा प्रहरीका दश युनिट खटिएका छन्”, उनले भने, भित्री सडकहरुमा बढी दुर्घटना हसने गरेको पाएका छौँ । ग्रामीण सडकमा अझै ट्राफिक व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।रासस

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend