आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘के’ को डिष्ट्रिक गभर्नरमा निरा बज्राचार्य निर्वाचित

लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘के’ को डिष्ट्रिक गभर्नरमा निरा बज्राचार्य निर्वाचित

काठमाडौँ ।  लायन्स इन्टरनेशनल डिष्ट्रिक  ३२५ ‘के’ को नेपालको दोश्रो राष्ट्रिय महाधिवेशनबाट लायन वर्ष २०२४ / २५ को लागि डिष्ट्रिक गभर्नरमा लायन निरा बज्राचार्य निर्वाचित भएकी छन् ।

फष्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन दुर्गा हुमागाई र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन रमेश अधिकारी निर्वाचित भएका हुन् । यस अघि लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘के’ को फष्ट भिडिजी रहेकी लायन्स क्लब अफ काठमाडौँ टेम्पल सिटिकि पूर्व अध्यक्ष नीरा बज्राचार्यले अधिकांस  समय समाजसेवामा बिताउने गरेकी छन् ।

निर्वाचित हुनुअगाडी १९ वटा कार्य योजना प्रस्तुत गरेकी निरा बज्राचार्य निर्वाचित भएपछी खुशी हुँदै  सहभागीहरुले बज्राचार्यबाट धेरै सकारात्मक कामहरुको अपेक्षा गरेको बताए । बज्राचार्यले बिगत देखिनै लायन्स क्लबमा अत्यन्तै जुझारु र कर्तव्यनिष्ट लिडरको रुपमा आफ्नो छबि उच्च बनाएकी छन् ।

डिष्ट्रिक गभर्नरमा चएन भएपछी बज्राचार्यले यस्तो गरिमामय पदमा आसिन हुन पाउनु आफूले अतिनै भाग्यमानी महसुस गरेको बताइन । उनले आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थ भन्दा पनि समाजसेवालाई सर्वोपरि अबका दिनमा थप काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेकी छन् । उनले भनिन, “ म आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थ भन्दा पनि समाजसेवालाई सर्वोपरि ठानेर अबका दिनमा थप काम गर्ने छु ।”

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend