logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • ३ अर्ब लगानीमा पाँचतारे होटल ल्याउँदै लालचन ग्रुप, व्यवस्थापन ‘हिल्टन’ले सम्हाल्ने

    ३ अर्ब लगानीमा पाँचतारे होटल ल्याउँदै लालचन ग्रुप, व्यवस्थापन ‘हिल्टन’ले सम्हाल्ने

    16.8K
    Shares
    ३ अर्ब लगानीमा पाँचतारे होटल ल्याउँदै लालचन ग्रुप, व्यवस्थापन ‘हिल्टन’ले सम्हाल्ने

    काठमाडौं । निजी लगानीमा राजधानीको महाराजगञ्जमा पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । व्यवसायिक घरना लालचन ग्रुपले पाँचतारे होटल लालचन प्रालि निर्माण गरिरहेको छ ।

    ३ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको होटल आगामी २०८२ असार (२०२५ जुलाइ) भित्र सञ्चालनमा ल्याउने तयारी भएको छ । अहिलेसम्म होटलको ४६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

    होटल बनाउन २५ प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) र बाँकी ७५ प्रतिशत बैंकको ऋण लगानी हुने छ । जसअनुसार ७५ करोड २० लाख रुपैयाँ स्वपुँजी र बाँकी २ अर्ब २५ करोड ७० लाख रुपैयाँ बैंकको लगानी हुनेछ ।

    अहिलेसम्म संस्थापकहरुले कूल इक्विटीको ४३ प्रतिशत अर्थात ३२ करोड २० लाख रुपैयाँ लगानी गरिसकेका छन् । होटल लालचन प्रालिले २ अर्ब ३४ करोड ऋणको रेटिङ गराएको छ ।

    होटलमा १ सय ३५ कोठा रहने भएको छ । जसमा जसमा ९ वटा स्वीट रुम, ९ वटा जुनियर रुम र बाँकी १ सय १७ वटा स्ट्यान्डर्ड रुम रहने होटलले जनाएको छ । निर्माणाधीन होटलमा फूड एन्ड बेभरेज, स्वीमिङपूल, क्यासिनो, कन्फरेन्स हल, ब्याकवेट र स्पालगायत विभिन्न सुविधाहरु उपलब्ध हुने होटलले जनाएको छ । सञ्चालनमा आएपछि विस्तारै सेवा थप्दै जाने होटलले जनाएको छ ।

    होटलको व्यवस्थापन हिल्टन वल्र्डवाइड म्यानेज लिमिटेडले सम्हाल्ने भएको छ । सन् २०२० डिसेम्बरमा होटल लालचन र हिल्टनबीच होटल म्यानेजमेन्ट सञ्चालनसम्बन्धि सम्झौता भइसकेको छ । सम्झौताअनुसार ‘डबल ट्रि बाइ हिल्टन’ ब्राण्डमा होटल सञ्चालन हुने भएको छ ।

    हिल्टन विश्वको चर्चित होटल व्यवस्थापन ब्राण्ड हो । सन् १९२५ मा अमेरिकाको टेक्सासबाट हिल्टनले होटल व्यवस्थापनको जिम्मेबारी सम्हालेको थियो ।

    १ सय २३ मुलुकहरुमा पाँचतारे होटल र लक्जरी रिसोर्ट गरी कूल ७ हजार २ सय ९५ होटलको व्यवस्थापन हिल्टनले गर्दै आएको छ । हिल्टनले विभिन्न २२ वटा ब्राण्डमा होटल सञ्चालन गरिरहेको छ । यस्तै राजधानीको नक्सालमा शंकर ग्रुपले बनाइरहेको पाँचतारे होटलको व्यवस्थापन पनि हिल्टनले लिएको छ ।

    निर्माणाधीन होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटर दुरीमा रहेको छ ।

    लालचन ग्रुपले होटल लालचन सन् २०१८ सेप्टेम्बरमा स्थापना गरेको हो । लालचन ग्रुप रियलइस्टेट र हस्पिटालिटी क्षेत्रमा लगानी विविधिकरण गरेको छ । ग्रुपअन्र्तगत बिभा एग्रो प्रालि र बेभ्रिल्ली हिल्स प्रालि सञ्चालनमा छन् । ग्रुपको नेतृत्व सोमबहादुर लालचनले गर्दै आएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend