आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बागलुङमा चैत ३० गतेदेखि चैते दशैँ मेला सुरु हुने

बागलुङमा चैत ३० गतेदेखि चैते दशैँ मेला सुरु हुने

काठमाडौँ – नेपालकै महत्त्वपूर्ण मेला मध्येको एक चैत्राष्टमी मेला आगामी चैत ३० गतेदेखि सुरु हुने भएको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति अध्यक्ष कुमार खड्काका अनुसार हरेक वर्ष चैते दशैँको अवसरमा बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने उक्त मेला आगामी चैत ३० गते देखि ७ दिनसम्म चल्ने भएको हो ।

चैते दशै मेलाबारे जानकारी दिन शुक्रबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, लोक भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको जनाए। पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार तथा परम्पराको निरन्तरता स्वरुप हुने भब्य चैते दशै मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए ।

यो मेलाको आफ्नै महत्त्व र इतिहास छ । तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकामूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।

चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेकीलगायत बस्तुको किनमेल हुने गरेको छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा देशभरिबाट तथा भारतबाटसमेत भक्तजन आउने गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend