logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सेयर बजार, २२.७५ अंकले बढ्यो , ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    सेयर बजार, २२.७५ अंकले बढ्यो , ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    1.2K
    Shares
    सेयर बजार, २२.७५ अंकले बढ्यो , ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अंक अर्थात् १ दशमलव १३ प्रतिशतले बढेर २ हजार २६ अंकमा पुगेको छ ।

    आज विभिन्न कम्पनीका १ करोड १२ लाख १० हजार १ सय २ कित्ता शेयर ६४ हजार २ सय २१ पटक खरिदबिक्री हुँदा रुपैँया ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय ३३ दशमलव ५६ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रुपैँया ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार ४ सय १७ पुगेको छ ।

    होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ । आज वित्त समूह ५ दशमलव ९५ प्रतिशत, विकास बैंकको सूचक ३ दशमलव १६ प्रतिशतले उकालो लागेको छ ।

    आजको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।

    त्यसैगरी तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको चार दशमलव ३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड १ को ३ न दशमलव १० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २ दशमलव ७६ प्रतिशतले घटेको छ ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend