logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • ८६ करोडमा तयार भयो बन्दीपुर बटमस्टेशन, जिपलाईन र स्काइ साइक्लिङ वैशाखदेखि खुल्ने

    ८६ करोडमा तयार भयो बन्दीपुर बटमस्टेशन, जिपलाईन र स्काइ साइक्लिङ वैशाखदेखि खुल्ने

    1.6K
    Shares
    ८६ करोडमा तयार भयो बन्दीपुर बटमस्टेशन, जिपलाईन र स्काइ साइक्लिङ वैशाखदेखि खुल्ने

    काठमाडौं । निजी लगानीमा स्थापना भएको बन्दिपुर हिलले केबुलकारको बटमस्टेशनको पार्क पूर्वाधार वैशाखदेखि खोल्ने भएको छ । पर्यटन पुर्वाधार केबुलकार गुरुयोजनाअन्तर्गत बटम स्टेशनको बाग बगैंचा, पार्क र रेष्टुरेन्ट नयाँ वर्षदेखि व्यवसायीक रुपमा खुला गरिने बन्दीपुर हिलले जनाएको छ ।

    ५६ रोपनी क्षेत्रफलमा फैलिएको आकर्षक स्टेशन विधिवत सेवा पस्कन सम्पूर्ण रुपमा तयार रहेको कम्पनीका भाईस प्रेसिडेन्ट किरण पोख्रेलले बताए । ८६ करोड रुपैयाँ लगानीमा निर्माण भएको बटम स्टेशनको आकर्षक उद्यान, रेष्टुरेन्ट, जिपलाईन, स्काई साइक्लिङलगायत जंगली जनावरको म्युजियम उद्यानभित्र रहेको छ ।

    उद्यान प्रवेश गर्न प्रतिव्यक्ति २ सय, मोटरसाइकल ३ सय, ट्याक्सी ५ सय, माइक्रोबस १ हजार र बसको १५ सय रुपैयाँको टिकट लिनुपर्ने भएको छ । यस टिकट बराबर नै अफरमा रेष्टुरेन्टको सुविधा फ्रिमा लिन सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

    बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको ब्राण्ड (बन्दीपुर हिल) अन्तर्गतको केबुलकार सेवासमेत १ गतेदेखि नै सञ्चालन हुने भएको छ । तर, केबुलकार वैशाख १ गतेदेखि सर्वसाधरणलाई नभइ आन्तरिक कार्यको लागी मात्र खुला गर्ने कम्पनीले जनाएको छ ।

    बन्दीपुर हिलअन्तर्गत केबुलकार ३ अर्ब ५८ करोड, बन्दीपुर स्काई वाक एण्ड रिक्रियशन १ अर्ब ५३ करोड, बन्दीपुर बैंङ्क्विट एण्ड इभेन्ट ३७ करोड, सिद्धगुफा रोपवेज ८७ करोड र मिनरल्स वाटर उद्योगमा ४ करोड गरी कूल ६ अर्ब ३९ करोड रुपैयाँको सम्पूर्ण परियोजना प्याकेज रहेको छ ।

    सम्पूर्ण परियोजना बनेर व्यवसायीक सञ्चालनमा आउनको लागि आगामी २ वर्ष लाग्ने भएको छ । आउँदो दुई वर्षभित्र प्रस्तावित पूर्वाधारका सबै काम सम्पन्न हुने कम्पनीका वित्तीय निर्देशक शिवप्रसाद शर्माले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend