logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सुनको मुल्यवृद्धि कायमै कतिमा हुँदैछ कारोबार?

    सुनको मुल्यवृद्धि कायमै कतिमा हुँदैछ कारोबार?

    819
    Shares
    सुनको मुल्यवृद्धि कायमै कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबार को तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँ बढेको हो।

    आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रूपैयाँ पुगेको थियो, जुन हालसम्म कै उच्च हो।

    ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेकोमा सोमबार भने फेरि बढेको हो। आज चाँदीको मूल्य पनि बढेको छ।अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १५ रूपैयाँ बढेको हो।

    सोमबार बजारमा चाँदी प्रतितोला १ हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको छआज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend