logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

    हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

    702
    Shares
    हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

    काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा हङ्कङले नेपाललाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ ।

    कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र

    एहसान खान ११ रनमा आउट भए । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७।५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend