logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • नयाँ वर्षमा म्यानमारमा ३ हजार भन्दा बढी कैदीहरूलाई माफी दिइयो

    नयाँ वर्षमा म्यानमारमा ३ हजार भन्दा बढी कैदीहरूलाई माफी दिइयो

    1.4K
    Shares
    नयाँ वर्षमा म्यानमारमा ३ हजार भन्दा बढी कैदीहरूलाई माफी दिइयो

    काठमाडौँ । म्यानमारको राज्य प्रशासन परिषद्ले परम्परागत म्यानमार नयाँ वर्षको पहिलो दिन बुधवार ३ हजार भन्दा बढी कैदीहरूलाई आममाफी दिएको छ ।

    ती मध्ये ३ हजार ३०३ म्यानमार नागरिक र ३६ विदेशी कैदीहरू थिए । जसमा १३ इण्डोनेसियाली र १५ श्रीलंकाली नागरिक थिए । आममाफीले म्यानमारको परम्परागत नयाँ वर्षको दिनलाई मनाउने, जनतामा आनन्द ल्याउने र मानवीय सरोकारलाई सम्बोधन गर्दै सम्बन्धित देशहरूसँग सकारात्मक सम्बन्धको प्रतिक्षा गर्ने उद्देश्यले जनाएको छ ।

    एक छुट्टै माफी आदेशमा, काउन्सिलले म्यान्मारको जेलमा रहेका केही कैदीहरूको सजाय एक छैटौंले घटाएको छ । म्यानमारको परम्परागत नयाँ वर्ष मनाउन कैदीहरूलाई वार्षिक रूपमा माफी दिने प्रचलन छ ।

    गत वर्ष पनि म्यानमारको परम्परागत नयाँ वर्षको दिनमा ३ हजार भन्दा बढी कैदीहरूलाई रिहा गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend