logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

    एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

    1.4K
    Shares
    एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

    काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज यूएईसँग भिड्दैछ।

    समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता यूएईबीच पहिलो सेमिफाइनलमा भेट भएको हो। खेल आज शुक्रबार बिहान ११ : ४५ मा सुरु हुँदैछ। नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो।

    अघिल्लो शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि आठ विकेटको शानदार जित निकालेसँगै नेपालले अन्तिम खेलमा साउदीलाई ६ विकेटले हराएको थियो ।

    सेमिफाइनलको दोस्रो भिडन्त आयोजक ओमान र हङकङ बिच हुँदैछ। ओमान समूह ‘बी’को विजेता हो भने हङकङ समूह ‘ए’को उपविजेता हो। यो खेल दिउँसो ४:१५ बजे सुरु हुँदैछ।

    ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहदै समूह ‘बी’को विजेता बनेको भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend