logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण

    जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण

    845
    Shares
    जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बन्नुभएकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् ।

    शुक्रवार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराएका हुन्। मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो ।

    जसपाबाट समानुपातिक सांसद बन्नुभएकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित भएकी थिन।

    उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो । शुक्रवार सभामुख घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend