logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • निराशाजनक प्रदर्शन गर्दै बाहिरियो नेपाल

    निराशाजनक प्रदर्शन गर्दै बाहिरियो नेपाल

    3.1K
    Shares
    निराशाजनक प्रदर्शन गर्दै बाहिरियो नेपाल

    काठमाडौं । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।

    १२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्‍याे । युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे ।

    युएईका जुनैद सिद्दिक, बासिल हामिद र अली नासिरले २–२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १–१ विकेट लिए । योसँगै टी-२० विश्वकपपछि हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १७.२ ओभरमा केवल चार विकेट गुमाउँदै विजयलक्ष्य पुरा गर्‍यो ।

    कप्तान मोहम्मद वासिम ११, विष्णु सुकुमारन २८, आसिफ खान १० र सैइद हैदर १४ रनमा आउट भए । नेपालका गुलशन झाले २, ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिए ।

    त्यसअघि ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।

    जारी प्रतियोगितामा अब नेपाली टोलीले ओमान र हङ्कङबिच हुने दोस्रो सेमिफाइनलको पराजित टोलीसँग तेस्रो स्थानका लागि भिडन्त गर्नेछ । तेस्रो स्थानको खेल शनिबार खेलिने छ । सेमिफाइनलमा विजयी दुई टोलीबिच आइतबार उपाधि भिडन्त हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend