logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कतारी राजालाई आज राष्ट्रपति पौडेलले बिदाइ गर्ने

    कतारी राजालाई आज राष्ट्रपति पौडेलले बिदाइ गर्ने

    650
    Shares
    कतारी राजालाई आज राष्ट्रपति पौडेलले बिदाइ गर्ने

    काठमाडौँ । दुई दिने राजकिय भ्रमणमा नेपाल आएका कतारी राजा शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किदै छन् ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज  बिदाइ गर्ने कार्यक्रम रहेको छ । अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर राष्ट्रपति पौडेलले बिदाइ गर्ने जनाइएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्तापछि अमिर आजै स्वदेश फर्किने जनाइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ सँग केही बेरमा भेटवार्ता हुने बताइएको छ ।

    भेटवार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend