logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

    नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

    1.4K
    Shares
    नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

    काठमाडौँ । मंगलबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजनाको अनावरण सहित उक्त योजना सार्वजनिक गरेका हुन् । उक्त योजना मार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिए ।

    ‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ सार्वजनिक गरिएको उक्त योजना बालबालिका सम्बन्धी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) हो । यसमा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिन पछि) देखि १७ वर्ष सम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्ष सम्म रहने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ ।
    न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि २५ वर्ष सम्म हुने जनाइएको छ ।

    यो योजनाको न्यूनतम बीमांक रकम रु २५,००० तथा अधिकतम बीमांक रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।
    यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भए पछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडी आउँछ सोही देखि जोखिम प्रारम्भ हुनेछ ।

    यस योजना अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमांक भुक्तानी परिपक्वता सुविधा अन्तर्गत बीमा अवधि समाप्ती मिति सम्म बीमित प्रस्तावक तथा बीमित बालबालिका जीवित रहेमा सर्तहरूको अधीनमा रही बीमालेखमा उल्लेख भएको बीमांक रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने जनाइएको छ ।

    बीमा अवधि भित्र जोखिम प्रारम्भ नहुँदै प्रस्तावक भन्दा अगाडि बीमित बालबालिकाकोे मृत्यु भएमा बीमालेखको सर्तहरुको अधीनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क (पूरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) भुक्तानी गरिने छ भने बीमा जोखिम प्रारम्भ पछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमांक रकमको २५ (पच्चिस) प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पूरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

    त्यस्तै बीमा अवधि भित्र जुनसुकै समयमा बालबालिका छदै प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिईनेछ । मासिक आय सुविधा बीमांकको १% बराबरको रकम बीमित बालबालिकालाई भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटे पश्चात बीमा अवधि समाप्ति सम्म वा बालबालिकाको मृत्यु जुन अघि हुन्छ सो समय सम्मका लागि प्रदान गरिनेछ र बीमा अवधि समाप्तिमा बीमांक रकम र बीमा अवधि समाप्ति सम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ ।

    बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा प्रस्तावकको मृत्यु वापत बीमांक रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु वापत बीमांक रकमको २५ (पच्चिस) प्रतिशत रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

    बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा बीमांकको २५(पच्चिस) प्रतिशत तथा बीमित बालबालिका जीवित रहुन्जेल सम्मको आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पूरक करार तथा अतिरिक्त बापतको बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

    यस योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्यको गणना नेपाल बीमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९०% वा बीमांक रकमको २५ (पच्चिस) प्रतिशत रकम तथा आर्जित बोनस मध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रुपमा प्राप्त गर्न सकिनेछ ।

    बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा ऋण सुविधा बापत दिइएको रकम कटाई बाँकी रकम भुक्तानी गरिनेछ ।

    यस योजनामा २१ वर्ष देखिका बीमित प्रस्तावकले अतिरिक्त बीमाशुल्क तिरेर ऐच्छिक पूरक करार सुविधाहरु दुर्घटना मृत्यु लाभ सुविधा, दुर्घटनाबाट हुने अपांग अशक्त बीमाशुल्क छुट सुविधा तथा घातक रोग सुविधा लिन सकिने छ । बीमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक तथा एकल गरी ५ तरिकाबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend