logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • उपनिर्वाचनको प्रचारप्रसार आज रातिदेखि गर्न नपाइने

    उपनिर्वाचनको प्रचारप्रसार आज रातिदेखि गर्न नपाइने

    403
    Shares
    उपनिर्वाचनको प्रचारप्रसार आज रातिदेखि गर्न नपाइने

    काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।

    आउने शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं। १ ‘क’ मा प्रदेश सभाको लागि उपनिर्वाचन हुँदैछ ।

    मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ ।

    निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको उल्लेख गरेको छ ।

    मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend