सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

हायर पर्चेज कर्जाको जोखिम भार १०० प्रतिशतमा झर्‍यो, सवारी कर्जा सहज

हायर पर्चेज कर्जाको जोखिम भार १०० प्रतिशतमा झर्‍यो, सवारी कर्जा सहज

Handover of car keys in a dealership

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदमा हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ । यसबाट बैंक तथा वित्तीय संस्थालाई सवारी साधन कर्जा प्रवाह गर्न सहज हुने भएको छ ।केन्द्रीय बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हायर पर्चेजअन्तर्गत सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेको छ ।

यसअघि जोखिम भार १ सय २५ प्रतिशत थियो । “बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिने छ” समीक्षामा भनिएको छ ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend