काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको भिसाका लागि युवाहरूले दबाब दिएका छन् । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि युवाहरूले दबाब दिएका हुन् ।
अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि भिसा दिन माग गर्दै युवाको समूह माइतीघर मण्डलाबाट महाराजगञ्जस्थित अमेरिकन राजदूतावास घेर्न लागेका हुन् ।
टी-२० विश्वकप खेल्न जाने तयारीमा रहेका लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् ।
तस्बिरहरू :