
सिन्धुली । सिन्धुलीमा आज जंगलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।
सिन्धुलीको तिनपाटन गाउँपालिका–४ विस्टारमा आज बिहान जंगलबाट ल्याइएको च्याउ पकाएर खाँदा एकै घरका पाँच जना बिरामी परेका हुन् ।
विषालु च्याउ खाँदा ६७ वर्षीय केशरबहादुर भुजेल, ५३ वर्षीया पूर्णमाया भुजेल, ३८ वर्षीय घनश्याम भुजेल, २१ वर्षका किरण भुजेल र २० वर्षीया नानीमाया समाल बिरामी भएका जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार अहिले बिरामीको अवस्था मध्यम रहेको छ । बिरामीको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा उपचार भईरहेको र घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको प्रहरी उपरिक्षक काफ्लेले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend