logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • सिजी ब्रुअरीको बियर कारोबार ४९ प्रतिशत खुम्चिँदा नेपाल आइस र मुस्ताङको व्यापार ३ अर्ब

    सिजी ब्रुअरीको बियर कारोबार ४९ प्रतिशत खुम्चिँदा नेपाल आइस र मुस्ताङको व्यापार ३ अर्ब

    2.9K
    Shares
    सिजी ब्रुअरीको बियर कारोबार ४९ प्रतिशत खुम्चिँदा नेपाल आइस र मुस्ताङको व्यापार ३ अर्ब

    काठमाडौं । आर्थिक मन्दीको असर बियरको व्यापारमा पनि परेको छ । बजारमा अधिक माग हुने बियरको बजार अहिले खुम्चिएको छ । चौधरी ग्रुपले सञ्चालन गरिरहेको सिजी ब्रुअरी नेपाल लिमिटेडको बियर व्यापार घटेको छ । गत वर्ष सिजीको बियर व्यापार ४८.८३ प्रतिशत खुम्चिएर ३ अर्ब ५ करोड १० लाख रुपैयाँमा सिमित भएको छ ।

    २०२२ मा सिजीको बियर व्यापार १६ प्रतिशत बढेर ४ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुगेको थियो । एक वर्षको अवधिमा सिजी ब्रुअरीको बियर व्यापार १ अर्ब ४९ करोड रुपैयाँ घटेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । सिजी ब्रुअरीले २०२१ मा ३ अर्ब ९१ करोड ६० लाख, २०२० मा २ अर्ब ४४ करोड ६० लाख, २०१९ मा ३ अर्ब ३७ करोड ६० लाख र २०१८ मा २ अर्ब ९९ करोड ४० लाख रुपैयाँको बियर व्यापार गरेको थियो । सिजी ब्रुअरीको ऋण १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ छ ।

    सिजीले नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रोङ बियर उत्पादन गर्दै आएको छ । सिजीको स्ट्रोङ बियरको बजार हिस्सा राम्रो रहेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय प्रोफाइलमा उल्लेखनीय गिरावट हुनुमा बियर बिक्रीबाट हुने आम्दानी घट्दा कम्पनी सञ्चालन नोक्सानमा रहेको छ । कच्चा वस्तुको मूल्य, बोटलिङ लागत र अप्रत्यक्ष करमा भएको वृद्धिले उत्पादन लागत बढेको कम्पनीले जनाएको छ ।

    समीक्षा अवधिमा आम्दानी ३३ र केस बिक्री २५ प्रतिशत घटेको छ । कूल आम्दानीमा नेपाल आइस र मुस्ताङ प्रिमियमको हिस्सा ७६ प्रतिशतमा सिमित भएको छ । अघिल्लो वर्ष यी दुई ब्राण्डको आम्दानी हिस्सा ८० प्रतिशत थियो । उद्योगको मुलुक भरी ३ सय डिलर र ५३ हजार खुद्रा पसलमा बियर बिक्री हुने गरेको छ । सिजीको १० वटा बियर ब्राण्ड रहेको छ ।

    सिजी सन् १९९३ मा स्थापना भएको बियर कम्पनी हो । यसअघि सन गोल्ड ब्रुअरीको नाममा कारोबार गरेको थियो । बियर कारखाना नबलपरासीमा रहेको छ ।

    सिजीमा चौधरी ग्रुपका ३ वटा कम्पनीको लगानी रहेको छ । जसमध्ये सिजी फुड्सको ३८ प्रतिशत हिस्सा छ । सिजी ब्रुअरी गत वर्ष पब्लिक लिमिटेडमा परिणत भएको छ । चौधरी ग्रुपको बैंकिङ, पर्यटन, अटोमोबाइल, रियलस्टेट र उत्पादनमुलक क्षेत्रमा लगानी रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend