logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छ : सांसद पाण्डे

    किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छ : सांसद पाण्डे

    87
    Shares
    किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छ : सांसद पाण्डे

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको बताएका हुन् ।

    रेगिस्तानको मरुभूमिमा मृगले पानीको खोजीमा दौडँदा दौडँदै मृत्युवरण गर्नुपरे जस्तै किसान पनि मल, बीउ र सिंचाईका लागि दौडनु परेको बताएका हुन् ।

    उनले किसानहरु मल पाए बीउ नपाउने र बीउ पाए सिंचाई नपाउने अवस्थामा रहेका बताए । उनले सबै पाएको अवस्थामा बजारको व्यवस्थापन नहुने बताए । सांसद पाण्डेले यसरी देश कता पर्याउन खोजिएको हो भनि प्रश्न समेत गरे ।

    उनले भने – ‘किसानको अवस्था एउटा रेगिस्तानको मृगको अवस्था भएको छ । जसरी मृगले मरुभुमिमा दौडँदा दौडँदै पानीको खोजमा मृत्युवरण गर्नुपरेको छ, नेपालको किसानहरुको अवस्था त्यस्तै छ । मल पाए बीउ पाउँदैन । बिउ पाए मल पाउँदैन । यो दुईवटै कुरा भयो भने सिँचाइको सुविधा हुँदैन ।

    सिंचाई भएको ठाउँमा मल र बीउ पाउँदैन । यो सबै भयो भने बजारको व्यवस्थापन भएको छैन । किसानले गाई पालेर, गाई पनि ऋण काडेर लिएर आएको गाई र भैँसीको दुध विक्री गरेको भुक्तानी भएको छैन । यो देश कता जान खोजेको हो ? कता पुर्याउन खोजिएको हो ?’

    सांसद पाण्डेले अस्पताल, विद्यालयमा पनि उस्तै समस्या रहेको बताए । उनले कुनैपनि क्षेत्रमा सहज अवस्था नभएको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend