logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपालमै पहिलोपटक २५ सिट क्षमताको लक्जरी विद्युतीय बस आउँदै, बुकिङ खुल्यो

    नेपालमै पहिलोपटक २५ सिट क्षमताको लक्जरी विद्युतीय बस आउँदै, बुकिङ खुल्यो

    1.3K
    Shares
    नेपालमै पहिलोपटक २५ सिट क्षमताको लक्जरी विद्युतीय बस आउँदै, बुकिङ खुल्यो

    काठमाडौं । शशिला मोटर्स प्रालिले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ ।

    सिएटिएल १ सय २३ किलोवाटको लिथियम आइरन फोस्पेट ब्याट्री जडान हुने उक्त बसमा पूर्णरूपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचरमा उपलब्ध हुनेछ । गाडीको लम्बाइ २५ फिट हुने कम्पनीले जनाएको छ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा सञ्चालन गर्न सो बस यात्रुमैत्री हुने शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् ।

    १ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ । उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस सञ्चालकलाई बिनाझन्झट सेवा दिने बताए ।

    दसैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । एक दशकदेखि व्यावसायिक गाडीहरू बिक्री वितरण गर्दै आएको शशिला मोटर्सले पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भान्चे ब्राण्डका सबै बस तथा भ्यानहरूको पनि आधिकारिक बिक्रेता बनेको छ । स्प्रिन्टर डिजाइनको बस बनाउने भान्चे चीनकै अग्रणी मोटर कम्पनी हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend