सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक स्वीकृत

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक स्वीकृत

काठमाडौँ, ११ असार ः संसद भवन, नयाँ बानेश्वरमा मङ्गलबार बसेका प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै सांसदहरु । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनःविचार गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् ।

सोही प्रश्तावमाथि छलफल गरी प्रतिनिधि सभाले उक्त संशोधन स्वीकृत गरेको हो । त्यस्तै प्रतिनिधि सभामा राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन आव २०७९/८० पेश पनि भएको छ ।

प्रतिनिधि सभाको आगामी बैठक असार २५ गते मंगलबवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend