सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

उदपुरमा पहिरोमा परी घाईते भएका दुईमध्ये एक जनाको मृत्यु 

उदपुरमा पहिरोमा परी घाईते भएका दुईमध्ये एक जनाको मृत्यु 

उदपुर । उदपुर जिल्लाको त्रियुगा नगरपालिका–१५ स्थित रानिवासमा वर्षाको कारण पहिरो गई पुरिएका दुई जना मध्ये एक जनाको मृत्यु भएको छ ।

असार २५ गते विहान ९ः५० बजे सोही ठाउँमा रहेको चार वटा घर पहिरोले पुरिदा घाईते भएका ४० वर्षिया हिरामाया मगर र ८ वर्षिया रुपकला मगरलाई उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी खाबुँमा ल्याईएको थियो ।

घाईतेमध्ये ८ वर्षिया रुपकला मगरको भने उपचारको क्रममा मृत्यु भएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिई उनीहरुको उद्धार कार्यमा जुटेको थियो ।

साथै सो स्थानका जोखिमयुक्त रहेका १० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । त्यसैगरी सोही जिल्लाको त्रियुगा नगरपालिका–१० घाईघाटस्थित साउनेमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध सडक सुचारु गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.५ गण उदयपुरबाट खटिएको सुरक्षा फौजले पहिरो गई ढलेका रुख तथा ढुंगामुढा हटाई बाटो सुचारु गरेको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend