logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्रीको पहल

    दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्रीको पहल

    532
    Shares
    दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्रीको पहल

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थालेका छन् ।

    विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो । किसानले मुख्यमन्त्री कार्कीसमक्ष भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेपछि उनले पहल सुरु गरेका हुन् ।

    विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीलाई आज मुख्यमन्त्री कार्कीले कार्यालयमा बोलाएर रकम उपलब्ध गराउने विषयमा छलफल गरेका हुन् । सरोकारवालालाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताए । उनले आयोजनाको कार्यप्रगति, संस्थाको अवस्था र बजारका विषयमासमेत छलफल गरेका थिए ।

    मुख्यमन्त्री कार्कीले आयोजना सङ्घीय सरकारको संरचना भए पनि किसानको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने तथा पूर्णरुपमा सञ्चालन र बजारीकरण गर्न सङ्घीय सरकारसँग छलफल गरेर आगाडि बढ्ने बताए ।

    कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मासहितको उपस्थितिमा भएको उक्त छलफलमा विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम र पाँचथर तथा मधेस प्रदेशको सप्तरीका किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

    आयोजनाका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा समस्या भएकाले अहिलेको अवस्था आएको बताए । आयोजनाले दूध प्रतिलिटर ९८ रुपैयाँमा बिक्री गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend