सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

२७ वर्षपछि मुगुबाट मन्त्रीपरिषदमा ऐनबहादुर शाही : यस्तो छ शाहिको राजनीतिक पृष्ठभूमि

२७ वर्षपछि मुगुबाट मन्त्रीपरिषदमा ऐनबहादुर शाही : यस्तो छ शाहिको राजनीतिक पृष्ठभूमि

सनत हमाल, मुगु । दुर्गम हिमाली जिल्ला मुगुले २७ वर्षपछि नेपाली कांग्रेसबाट संघीय सरकारमा प्रतिनिधित्व गर्न पाएको छ । नेपाली कांग्रेस नेतृत्वको २०४८ सालमा गठित मन्त्रीपरिषद् मुगु जिल्लाका तत्कालिन प्रतिनिधि सभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायक मन्त्री भएका थिए भने २०५२ सालपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा उनै मल्ल शिक्षा राज्यमन्त्री भएका थिए । उनी २०५३ सालसम्म उक्त मन्त्री मण्डलमा रहे ।

२०५३ साल यता देशमा कति सरकार बने ढले तर मुगु जिल्लाले कहिल्यै संघीय मन्त्रीपरिषदमा अवसर पाएन । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ गठित सरकारमा मुगु जिल्लाबाट प्रनितिधि सभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन् ।

यस्तो छ शाहीको राजनीतिक पृष्ठभूमि :

मन्त्री ऐनबहादुर शाही मुगुमा निकै लोकप्रीय, मदुभाषी, सालिन नेताको रुपमा चिनिन्छन् । आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि शाहीको सम्बन्ध राम्रो छ । मुगुवासीले रुचाएका नेता शाहीबाट मुगुले विकासको समेत अपेक्षा गरेको छ ।

शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् भने वहालवाला नेपाली कौग्रेस मुगु जिल्ला पार्टी सभापति पनि हुन् ।

२०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका–२ जडेपानी गाँउमा जन्मिएका शाही २०४४/०४५ ताका नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा होमिएका थिए ।

२०४८/०५१ र २०५२/०५३ मा तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकिय सचिव भएर काम गरेका शाही बहुदलिय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

२०७० मा पहिलो पटक संविधानसभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित हुन पुगेका थिए । शाही फेरि दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए भने २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।

यो बेला निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार राजबहादुर कार्कीलाई पराजित गर्दै ठुलो मतान्तरले विजयी भएका थिए । झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल भए ।

शाहीले औपचारिक शिक्षा अन्तर्गत स्नातक तह उतीर्ण गरेका छन् । भद्र र सालिन नेताका रुपमा परिचित शाहीले समग्र कर्णाली सहित मुगु जिल्लाको विकासमा ठुलो योगदान गर्ने यहाँका जनताले विश्वास लिएका छन । उनी माओवादीहरुले घर नै लुटेपछी परिवारै विस्तापित भएका थिए । तत्कालिन माओवादीहरुले कांग्रेस भएको भन्दै २०५८ साल माघ १७ गते शाहीका ३ बुवा भाईहरुका सबै घर, सम्पती लुटेर लग्दा पुरै ८० जनाको परिवार विस्थापित भएका थिए ।

शान्ती प्रकृयामा माओवादी न आउँदासम्म शाहीका सबै परिवारले कोही सदरमुकाम गमगढी, कोही काठमाडौ, कोही नेपालगन्जमा कष्टकर जीवन बिताएका थिए । घरको खरानी समेत नराखी तत्कालिन माओवादीहरुले सबै सम्पती लुटेका थिए । शान्ती प्रकृया शुरु भएपछी शाहीको परिवार बिस्तारै लयमा आउँदै गरेको बेला केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्री परिषदमा ऎन बहादुर शाही वन तथा वातावरण मन्त्री भएपछि नेपाली कांग्रेसले न्याय गरेको स्थानीयहरुले बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend