आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सौर्य एयरलाइन्स दुर्घटना : विमानमा थिए १९ जना यात्रु, पाइलटको जीवितै उद्धार

सौर्य एयरलाइन्स दुर्घटना : विमानमा थिए १९ जना यात्रु, पाइलटको जीवितै उद्धार

काठमाडौँ । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ ।

चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ ।

विमान पुरै आगजनी भएको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

यो पनि :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

विमान दुर्घटना : जहाजको आगो निभाउने प्रयास जारी

सौर्यको जहाज उड्ने बित्तिकै खसेको थियो जमिनमा, यसरी हुँदैछ उद्धार कार्य

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend