logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • सर्वोच्च अदालतले दियो प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

    सर्वोच्च अदालतले दियो प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

    1.2K
    Shares
    सर्वोच्च अदालतले दियो प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले सो आदेश दिएको हो ।

    त्यस्तै, सर्वोच्चले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत आदेश दिएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणका दुई सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय गरेको थियो ।

    सरकारले साउन २० गते उनीहरूलाई हटाएर प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

    बक्यौता नतिरेको आरोप लागेका उद्योगको लाइन जोड्ने विषयमा असहमति जनाएका आचार्य र पुनलाई स्पष्टीकरण सोधेको सरकारले जवाफ चित्त नबुझेको कारण देखाएर पदबाट हटाएको थियो ।

    सरकारले प्राधिकरणको सञ्चालक समितिबाट हटाइएपछि आचार्य र पुन सर्वोच्च पुगेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend