logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाढीपछि उपत्यकाका नदी किनारमा फोहोरको डंगुर (तस्बिरहरु)

    बाढीपछि उपत्यकाका नदी किनारमा फोहोरको डंगुर (तस्बिरहरु)

    462
    Shares
    बाढीपछि उपत्यकाका नदी किनारमा फोहोरको डंगुर (तस्बिरहरु)

    काठमाडौँ । काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा हुने क्रम रोकिएको छैन । वर्षायाममा वर्षा त हुने नै भयो साथै यस वर्ष साधारण भन्दा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुको पूर्वानुमान छ ।

    त्यसैले पनि सरकारले सावधानीका साथ रहन बारम्बार आग्रह गरिरहेको छ । नेपालमा गत जेठ २८ गतेदेखि मनसुन भित्रिएको थियो । जसकारण विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ । अझै असोजसम्म अत्याधिक वर्षा हुने पूर्वानुमान छ । काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरुमा ठूलो बाढी आयो ।

    बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरुमा बाढी नै पस्यो । जसले नदी किनार छेउका बस्तीहरु डुबानमा परे । अझै पनि सो बस्तीहरुमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन । बस्तीमा बाढी मात्रै पसेन, आसपासका क्षेत्र र बगरमा उपत्यकाका विभिन्न स्थानमा फालिएका फोहोरहरु बगाएर कतै थुपारिदिएको छ त नदीले कतै बगाएर लगेको छ ।

    अहिले नदी किनारमा उपत्यकावासीले गरेको/फालेको फोहोर एक ठाउँबाट अर्को ठाउँमा लगेर छोडिदिएको देख्न सकिन्छ । प्लाष्टिकजन्य फोहोरहरु यत्रतत्र देख्न पाइन्छ । जसले काठमाडौं उपत्यकावासीको चरित्रलाई पनि उदांगो बनाइदिएको छ वा भनौँ काठमाडौंवासीले नदीमा कति फोहोर फालेका छन्, कतिसम्म अनुशासित छन् भन्नेकुरा देखाइदिएको छ ।

    किनकि अनुशाषित मानिसले फोहोर जताततै फालेर हिँड्दैन, सफा गरेर आफू र समाजलाई बचाउन लाग्छ । यस्तो फोहोरका कारण रोगहरु निम्त्याउन सक्ने खतरा पनि उत्तिकै छ । आजको फोटो फिचरमा बाढीपछि नदीले बगाएर थुपारिदिएको फोहोरका डंगुर : 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend