सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवमा काठमाडौंमा विद्युतीय सवारी साधनको र्‍याली सम्पन्न

विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवमा काठमाडौंमा विद्युतीय सवारी साधनको र्‍याली सम्पन्न

काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोग र प्रवद्र्धनका लागि जनचेतनामुलुक र्‍याली सम्पन्न भएको छ । शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा विद्युतीय सवारी साधनको र्‍याली सम्पन्न भएको हो ।

नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीं खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्न र्‍याली आयोजना गरेको बताएको छ ।

प्राधिकरणको प्रधान कार्यालय रत्पाकंबाट शुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माईतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी समापन गरिएको थियो ।

र्‍यालीको उद्घाटन गर्दै प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend