सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

संसद भवन परिसरमा विद्यार्थीको बिरोध प्रदर्शन (तस्बिरहरु)

संसद भवन परिसरमा विद्यार्थीको बिरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । प्रतिनिधि सभा बैठक सञ्चालन भइरहँदा संसद भवन परिसरमा भने बिरोध प्रदर्शन भएको छ ।

रत्न राज्य क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीले संसद भवन परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी विद्यार्थी जिल्ला अछाम घर भएका दीपक देवकोटा रहेको बताइएको छ । प्रदर्शन गर्न नपाइने स्थानमा आन्दोलन गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले भूटानी शरणार्थी प्रकरण, सहकारी ठग, गिरिबन्धु ठगीका नाइकेहरुलाई सजाय खोइ ? बंगलादेशको विद्यार्थी आन्दोलन नेपालमा पनि शुरु गर्नुपर्ने हो ? भन्दै प्लेकार्ट बोकेर प्रदर्शन गरेका थिए ।

मुखमा मास्क र कालो टेप बाँधेर उनले प्रदर्शन गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend