सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

विश्व फोटो पत्रकारिता दिवसः पाटनमा फोटो प्रदर्शनी (तस्बिरहरु)

विश्व फोटो पत्रकारिता दिवसः पाटनमा फोटो प्रदर्शनी (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिरहरु प्रदर्शन गरेको छ । सोमवार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा आजदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो ।

फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ । फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै शुरु गरेको र त्यसकै निरन्तरता स्वरुप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

फोटो प्रदर्शनी (2).jpg

उनले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरुमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको बताए । उनले फोटो प्रदर्शनीमा ४० फोटो पत्रकाहरुले खिच्नुभएका ५५ वटा हिमालका फोटाहरु राखिएको बताए । अध्यक्ष पन्तले विगतको तुलनामा अहिले फोटा खिच्नको लागि पत्रकारहरुलाई सहज अवस्था नभएको बताए ।

उनले पछिल्लो समय फोटो पत्रकारहरुको पेशालाई पनि आर्टिफिसियल इन्टिेलिजेन्स (एआई) ले चुनौति दिइरहेको बताए । उनले एआई,मोबाइल फोटो ग्राफिक्सको कारणले व्यवसायिक फोटो पत्रकारितालाई असर पारेको देखिएको बताए ।

फोटो प्रदर्शनी (7).jpg

अध्यक्ष पन्तले फोटो पत्रकारिता व्यवसायको क्षमता विकास गरी नेपालका ऐतिहासिक फोटोहरुको माध्यमबाट विश्वलाई चिनाउँदै फोटोमार्फत पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । ऐतिहासिक तस्बिरहरुले राष्ट्रको पहिचान बढाउने बताए ।

फोटो प्रदर्शनी (3).jpg

फोटो प्रदर्शनी (5).jpg

फोटो प्रदर्शनी (4).jpg

फोटो प्रदर्शनी (6).jpg

फोटो प्रदर्शनी (4).jpg

फोटो प्रदर्शनी (9).jpg

फोटो प्रदर्शनी (8).jpg

फोटो प्रदर्शनी (11).jpg

फोटो प्रदर्शनी (10).jpg

फोटो प्रदर्शनी (13).jpg

फोटो प्रदर्शनी (1).jpg

फोटो प्रदर्शनी (14).jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend