logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • शंकर र अम्बे ग्रुपको ऋद्धिसिद्धी सिमेन्टको व्यापार बढेर पुग्यो पौने ६ अर्ब

    शंकर र अम्बे ग्रुपको ऋद्धिसिद्धी सिमेन्टको व्यापार बढेर पुग्यो पौने ६ अर्ब

    350
    Shares
    शंकर र अम्बे ग्रुपको ऋद्धिसिद्धी सिमेन्टको व्यापार बढेर पुग्यो पौने ६ अर्ब

    काठमाडौं । स्थानीय बजारमा माग घटेपछि अधिकांश सिमेन्ट उद्योगको व्यापार घटेका बेला प्रतिष्ठित व्यवसायिक घरना शंकर र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित ऋद्धिसिद्धी सिमेन्ट लिमिटेडको व्यापार भने सामान्य बढेको छ । यो वर्ष उद्योगको व्यापार ६ प्रतिशत बढेर ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्ष उद्योगको सिमेन्ट व्यापार ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ थियो ।

    २०२२ मा उद्योगले ६ अर्ब ४८ करोड १० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । पूर्ण क्षमतामा सञ्चालनमा आएको वर्ष ६ अर्ब ३७ करोड रुपैयाँ सिमेन्ट कारोबार गरेको थियो ।

    यो वर्ष सिमेन्ट उत्पादन ११ प्रतिशत बढेको छ । ऋद्धिसिद्धी सिमेन्टको क्षमता उपयोग बढेर ६१ प्रतिशत पुगेको छ । गत वर्ष ५५ प्रतिशत मात्र थियो । तीन वर्षमा उद्योगको क्षमता उपयोग औसत ५७ प्रतिशत रहेको ऋद्धिसिद्धीले जनाएको छ । यसैगरी उद्योगको क्लिङकर उत्पादन १९ प्रतिशत बढेर क्षमता उपयोग ६७ प्रतिशत पुगेको छ । गत वर्ष ५६ प्रतिशत मात्र उपयोग थियो । औसत क्लिङकर उत्पादन क्षमता ६७ प्रतिशत पुगेको ऋद्धिसिद्धीले जनाएको छ । सिमेन्ट र क्लिङकर उपयोग क्षमताले उत्पादन बढाएको छ । उद्योगको उत्पादन लागत कम भएको छ । यसको असर मार्जिनमा परेको हो ।

    व्यापारमा सुधार आएसँग उद्योगको अपरेटिङ प्रोफिट मार्जिन बढेर २४.८१ प्रतिशत पुगेको छ । गत वर्ष १८.२२ प्रतिशत थियो । उद्योगको सिमेन्ट उत्पादन क्षमता वार्षिक ७ लाख ३० लाख टन रहेको छ । उद्योगले २ लाख ४० हजार टन भएको पिएसी सिमेन्ट उत्पादन बन्द गरेको जनाएको छ । यस्तै क्लिङकर उत्पादन क्षमता ८ लाख ४० हजार टन छ ।

    कूल व्यापारमा १० डिलरको २७ प्रतिशत हिस्सा छ । शंकर र अम्बे ग्रुको एउटा पार्ट भएकाले यही वितरण सञ्जालबाट ऋद्धिसिद्धीले लाभ लिएको छ । उद्योगले साधारण सेयर (आइपिओ) निष्कासन गर्न लागेको छ ।

    सन् २०१३ मा स्थापना भएको उद्योगले २०१९ देखि व्यापारिक रुपमा सिमेन्ट उत्पादन गर्दै आएको हो । २०२१ देखि उद्योगको दुबै प्लान्ट सञ्चालनमा आएका हुन् । ऋद्धिसिद्धीको दैनिक क्लिङकर उत्पादन क्षमता २७ सय ६० टन छ । सिमेन्ट उत्पादन पनि सोही परिणाममा रहेको छ ।

    क्लिङकर उत्पादनको ७९ प्रतिशत आफैले सिमेन्ट उत्पादन र बाँकी २१ प्रतिशत अन्य ग्रान्डिङ उद्योगहरुलाई बिक्री गर्दै आएको छ । उद्योगले ३ वटा खानी सञ्चालन गरिरहेको छ । हेटौडामा रहेको उद्योगबाट खानी ३३, ५० र ८७ किलोमिटरको दुरीमा छ ।

    ऋद्धिसिद्धीले १० अर्ब ५९ करोड ९७ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । दीर्घकालिन ऋण ८ अर्ब २७ करोड २६ लाख र अल्पकालिन ऋण २ अर्ब ३२ करोड २५ लाख रुपैयाँ रहेको छ ।

    उद्योगले ऋद्धिसिद्धी मकवानपुर गरी दुई ब्राण्डमा पोर्टल्याण्ड पोज्जना सिमेन्ट (पिपिसी) र अडिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपिसी) उत्पादन गर्दै आएको छ । उद्योग हेटौडा रातोमाटेमा छ । अहिले मुलुकमा ५५ सिमेन्ट र २० क्लिङकर उद्योग सञ्चालनमा छन् । मन्दीका कारण बजारमा माग घटेका कारण अधिकाँश उद्योगको व्यापारमा कमी आएको छ ।

    यो पनि :

    १० अर्ब ७७ करोड ऋण भएको ऋद्धिसिद्धी सिमेन्टको व्यापार साढे ५ अर्ब


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend