काठमाडौं। नेपालमा इभी गाडीमा एकछत्र राज गरेको बिवाइडीले मंगलबारदेखि राजधानीमा सुरु हुने नाडा अटो शोमा नयाँ मोडेलको इभी प्रर्दशनीमा राख्ने भएको छ । नेपालको बिक्रेता साइमेक्स इंकले बिवाइडी सिलायोन सेभेन इभी प्रदर्शनीमा राख्ने भएको हो । यो गाडी चीनबाहिर पहिलो पटक नेपाल आएको हो। सिलायोन सेभेन इभी नाडा अटो शोमा डिस्प्लेका लागि मात्रै ल्याइएको कम्पनीले जनाएको छ ।
नाडा अटो शोमा इभी गाडीको बर्चश्व हुने भएको छ । यसमा बिवाइडीको ‘ई–प्लेटफर्म ३.० इभो’ डिस्प्ले गरिने कम्पनीले जनाएको छ । ई–प्लेटफर्म ३ इभोले उच्च स्तरको इन्टिग्रेसन, स्ट्रोङ पावरट्रेन र चार्जिङ पर्फर्मेन्सलाई बुस्ट गर्छ। सिलायन सेभेन इभी यही प्लेटफर्ममा निर्माण गरिएको गाडी हो। साइमेक्स बिवाईडी सिलायन सेभेनलाई नाडामा उच्च प्राथमिकताका साथ राख्ने भएको छ । सिलाइन सेभेन तत्काल बिक्रीका लागि नभइ अटो शोमा प्रदर्शनीमा राख्ने छ।
यो गाडीमा ७१.८ किलोवाट आवर र ८०.६४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। गाडीले फुल चार्जमा ५ सय ५० देखि ६ सय १० किलोमिटरसम्म रेन्ज साइमेक्सले जानकारी दिएको छ। मोटर पावर १ सय ७० र २ सय ३० किलोवाट क्षमताका छन्। शून्यदेखि १०० किलोमिटर प्रति घन्टा पुग्न ६.७ सेकेन्ड मात्रै लाग्छ।
यसको टप स्पिड २ सय १५ किलोमिटर प्रति घन्टा छ। यसले ११ किलोवाटको एसी चार्जर र २ सय ३० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ। फास्ट चार्जरले ३०.८० प्रतिशत चार्ज गर्न २५ मिनेट मात्रै लाग्छ। यो ५ डोर र ५ सिटर एसयुभी हो। गाडीको लम्बाई ४.८ मिटर र ह्वीलबेस २.९ मिटरको छ।
गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर उपलब्ध छ। सिलमा जस्तै यसमा हेड अप डिस्प्ले सुविधा रहेको कम्पनीले जनाएको छ। साइमेक्सले नेपाल ल्याएको सिलायन सेभेट कुन ब्याट्री अप्सनको भन्ने खुलाएको छैन।
पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कार प्ले, ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, फ्रन्टररियर क्रस ट्राफिक अलर्ट, अगाडि र पछाडि क्रस ट्राफिक ब्रेक, ट्राफिक साइन रिकग्नाइजेसन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र डोर ओपन वार्निङ जस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।
बिवाइडी एट्टो ३ २०२४ भर्सन सार्वजनिक
साइमेक्स इंकले २०२४ भर्सनको बिवाइडी एट्टो ३ सार्वजनिक गरेको छ। ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बिवाइडी एट्टो ३ को २०२४ भर्सनमा धेरै अपग्रेड गरिनुका साथै नयाँ फिचर थपिएको साइमेक्सले जनाएको ।
यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ। यसको एक्सटेरियरमा पनि महत्त्वपूर्ण सुधार गरिएको छ। गाडीको पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकोमा अब स्लिक खालको ‘बीवाइडी’ मात्र लेखिएको छ। डि–पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकोमा अब भने स्टाइलिस ब्ल्याक कलरमा रहेको छ। यसले गाडीलाई स्पोर्टी डिजाइन प्रदान गर्न थप सहयोग गरेको कम्पनीले जनाएको छ।
बीवाइडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ। पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्चको बनाइएको छ। कम्पनीका अनुसार सुपेरियर ग्रिप र सबै भूभागमा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्टमा हाई(पर्फमेन्स कन्टिनेन्टल टायर राखिएको छ।
बीवाइडी एट्टो ३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्त्वपूर्ण नयाँ फिचर बीवाइडी एप हो। यो एप्लिकेसनले गाडी धनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न भूमिका खेल्ने कम्पनीले जानकारी दिएको छ।
बिवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको र सुरक्षित ब्लेड ब्याट्रीद्वारा सञ्चालित बिवाइडी एट्टो ३ मा इको फ्रेन्ड्ली डिजाइनसहितको पावरफुल पर्फमेन्सको सम्मीश्रण रहेको दाबी कम्पनीको छ। यसको डिआईलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ले गाडीलाई थप भर्साटाइल बनाउन भूमिका खेलेको छ। यसले एड्भेन्चर तथा आउटडोरमा रमाउन चाहनेहरूका लागि रुचिकर बनाएको छ।
२०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ। एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक छ। मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ।त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
दुवैमा १०० किलोवाटको मोटर रहेको छ। बीवाइडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी चार कलरमा उपलब्ध छ।
नेपालमा बिवाइडी गाडीको बिक्रीमा उछाल आएको छ । विश्वको लिडिङ ग्लोबल विद्युतीय ब्रान्ड बिवाइडीको आधिकारिक बिक्रेता साइमन्स इंकले ११ महिनामा झण्डै १० अर्ब रुपैयाँको बिवाइडी गाडी बिक्री गरेको छ । गत वर्ष १ अर्ब ९१ करोड ३० लाख रुपैयाँको मात्र बिवाइडी गाडी बेचेको साइमेक्स इंकले यो वर्षको ११ महिनामै ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँको बिवाइडी गाडी बेचेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
यो पनि :
बिवाइडी गाडी बिक्रीमा उछाल आउँदा ११ महिनामा १० अर्ब व्यापार, एटो–३ र डल्फिनको रजगज