मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा पनि ३० वर्षे सेवा अवधि हटाउनुपर्ने माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको इजलासले मंगलबार कारण देखाऊ आदेश जारी गरेको हो।

३० वर्षे सेवा अवधि विवादमा सशस्त्र प्रहरीका अधिकृतहरूको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार लिखित जवाफ १५ दिनभित्र पेश गर्न आदेश दिइएको छ । यस रिटमा जबाफ पेस भएपछि नियमित पेशीमै जाने उनले बताए ।

प्रहरी सेवाको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले भदौ ५ मा सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

नेपाल प्रहरीको हकमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले गत बिहीबार ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend