सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सर्वोच्च अदालतद्वारा एआईजी र डीआईजीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतद्वारा एआईजी र डीआईजीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले एआईजी श्यामलाल ज्ञवालीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रहरीका एआईजी ज्ञवाली र ३ जना डीआईजीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।

उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले रिट दायर गरेका थिए ।

प्रहरी ऐनमा उमेर हदबाट अवकाश हुने व्यवस्था नभएकाले आफूहरूको अवकाश कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरेका थिए । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।

प्रहरी अधिकृतहरूले दर्जागत उमेरका कारण अवकाश रोक्न अन्तरिम आदेश माग गरेका थिए ।

गत बिहीबार यस विषयको सुनुवाइ न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको थियो । उक्त इजलासले अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे छलफल गर्न दुबै पक्षलाई बोलाएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend