logo

२०८१ असोज १ मंगलबार

logo
  • मंगलबार, १ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    ‘सहकारी छानबिन समितिको प्रतिवेदनलाई व्यावहारिक रुपमै कार्यान्वयन गरिने’

    ‘सहकारी छानबिन समितिको प्रतिवेदनलाई व्यावहारिक रुपमै कार्यान्वयन गरिने’

    686
    Shares
    ‘सहकारी छानबिन समितिको प्रतिवेदनलाई व्यावहारिक रुपमै कार्यान्वयन गरिने’

    काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सम्बन्धित निकायसँग छलफल गरेको छ ।

    सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको हो । सोही अवसरमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले तयार गरेको प्रतिवेदनलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उपप्रधानमन्त्री पौडेलले सहकारीबाट ऋण लिनेले तिर्नुपर्दैन भन्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्नेमा जोड दिएका थिए ।

    त्यसैगरी राष्ट्र बैंकका गभर्नर अधिकारीले सहकारीको आर्थिक हिसाबकिताब हेरेर समाधान खोज्नुपर्नेमा जोड दिए । सहकारी क्षेत्रलाई दोस्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने उनको भनाइ छ ।

    समितिका सभापति सूर्य थापाले सहकारीको उज्यालो भविष्यका लागि समितिको प्रतिवेदन महत्वपूर्ण हुने बताए । सरोकारवाला सबै निकायको छलफलका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भइरहेको संयोजक थापाको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend