२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना तीन साताभित्र सञ्चालनमा आउने

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । बाढी र पहिरोबाट क्षतिग्रस्त ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना तीन साताभित्र सञ्चालनमा आउने भएको छ ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्नेगरी काम भइरहेको बताएका छन् ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताएका छन् ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि उनले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता दोहोर्याउनुभएको उनको निजी सचिवालयले जनाएको छ ।

यो पनि :

मुलुककै ठूलो माथिल्लो तामाकोसीको मर्मत जारी, एक महिनाभित्र सञ्चालनमा ल्याउने

क्षतिग्रस्त मुलुककै ठूलो माथिल्लो तामाकोसी मर्मत गर्न पहल सुरु, कहिले होला बिजुली उत्पादन ?

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट