काठमाडौँ । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले सदनको अवरोध हटाउन विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग छलफल गहेका हुन् ।
उक्त छलफल अहिले पनि जारी छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि आपत्ति जनाउँदै विपक्षीहरूले सदन अवरुद्ध गर्दै आएका छन् । विपक्षीहरूले संसद चलाउन नमान्दा आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस