logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • एसएस फाउण्डेशनद्वारा फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान

    एसएस फाउण्डेशनद्वारा फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान

    574
    Shares
    एसएस फाउण्डेशनद्वारा फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिशा कार्की नगद एक लाख पुरस्कारसहित सम्मानित भएकी छन् ।

    एसएस फाउण्डेसनले बानेश्वरमा शुक्रबार एक कार्यक्रममा आयोजना गर्दै अमिशालाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

    एसएस फाउण्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई नगद एक लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । गत बुधबार मात्र सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन अमिशाको महत्वपूर्ण भुमिका थियो । उनले फाइनलमा बंगलादेशविरुद्ध गोलसमेत गरेकी थिइन् ।

    सम्मान कार्यक्रममा अमिशाले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आगामी संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । उनले हरेक क्षेत्रबाट खेलाडीलाई सम्मान गर्दा प्रोत्साहन मिल्ने बताइन् ।

    फाउण्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूले पुर्वाधार, सेवासुविधाका कमी हुनुको बाबजुद यो सफलता प्राप्त गरेको अवस्थामा उनीहरूलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताए । उनले राम्रो काम गर्दै आएका राष्ट्रिय प्रतिभासँगै समाज योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्दै आएको उल्लेख गरे ।

    घरेलु भुमिमा सम्पन्न सातौं संस्करणको साफ महिला साफ च्याम्पियनसिपमा पनि नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदा उपाधि छैटौंपल्ट उपाधिविमुख भएको थियो । सोही फाइनलमा अमिशाले गोल गर्दै बराबरीमा ल्याएकी थिइन् । तर अन्तिम समय समालिन नसक्दा नेपालले लगातार दोस्रो संस्करणमा बंगलादेशसँग भिडन्तमा हार व्यहोर्नुपरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend