२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टरले लेस्टर सिटीलाई हरायो

सोमवार , कार्तिक २६, २०८१

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले लेस्टरलाई ३–० गोलले हराएको हो ।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र अलेजान्ड्रो गर्नाचोले एकरएक गोल गरे । लेस्टरले एक गोल आत्मघाती गर्‍यो । जीतसँगै युनाइटेड ११ खेलमा १५ अङ्कसहित १३ औँ स्थानमा छ । लेस्टर १५ औँ स्थानमा छ ।

गएराति भएको अर्को खेलमा चेल्सी र आर्सनलले १–१ गोलको बराबरी खेलेका छन् । समान १९ अङ्ककासाथ चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।

अर्को खेलमा न्युक्यासलले नटिङहम फरेस्टलाई ३–१ गोलले हरायो । नटिङहम १९ अङ्कसहित पाँचौँ र न्युक्याशल १८ अङ्कसहित आठौँ स्थानमा छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट