२०८३, श्रावण ८ गते

शुक्रवार, श्रावण ८ गते २०८३

सीजी मेरिडियाले ल्यायो अत्याधुनिक 'वाशर ड्रायर'

शुक्रवार , श्रावण ८, २०८३

सीजीको प्रिमियम ब्रान्ड 'सिजी मेरिडिया'ले अत्याधुनिक प्रविधिसहितको नयाँ 'फ्रन्ट लोड वाशर ड्रायर' नेपाली बजारमा सार्वजनिक गरेको छ।

यस नयाँ वाशर ड्रायरले लुगा धुने र पूर्ण रूपमा सुकाउने दुवै काम एकै मेसिनबाट गर्ने हुँदा मनसुनको समयमा यो हरेक घरका लागि उत्कृष्ट र भरपर्दो समाधान हुने कम्पनीको दाबी छ। 

१० केजी धुने र ७ केजी सुकाउने उच्च क्षमता रहेको यस मेसिनमा अत्याधुनिक 'डाइरेक्ट ड्राइभ' मोटरको प्रयोग गरिएको छ। बेल्ट र पुल्लीको प्रयोग नभएको यस डीडी मोटरले आवाज र कम्पन निकै कम गर्नुका साथै बिजुलीको समेत अधिकतम बचत गर्दछ। कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ।

यस मेसिनका विशेषताहरुमा स्मार्ट ड्राइङ सिस्टम, उच्च कीटाणुनाशक प्रविधि, अटो डोज, सुपर स्पा र जेट स्प्रे र इन्टेलिजेन्ट वासिङ सिस्टम रहेका छन्। सीजीले आकर्षक 'डार्क ग्रे' कलर र ५२० एमएमको ठूलो ढोकासहितको यो वाशर ड्रायर बजारमा ल्याइएको हो। 
यसले ग्राहकहरूको समय र मेहनत दुवै बचत गरी मनसुनमा पनि स्मार्ट र झन्झटमुक्त जीवनशैलीको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

सिजी मेरिडियाको यो नयाँ वाशर ड्रायर देशभर रहेका २१ वटा अत्याधुनिक 'सीजी डिजिटल' शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट