२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएलमा म्याच फिक्सिङका घटना हुन दिँदैनौँ : पारस खड्का

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन् ।

नक्सालमा सोमबार एनपिएलको बारेमा भएको पत्रकार सम्मेलनमा क्यान सचिव खड्काले एनपिएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घन्टा निगरानी राख्ने बताएका हुन् ।

साथै सचिव खड्काले क्यानसँग आफ्नै एन्टी क्रप्सन युनिट रहेको र उक्त युनिटले मैदानसँगै मैदानबाहिर निगरानीमा राख्ने बताए । उनले एन्टी क्रप्सन युनिटलाई सशक्त बनाउन आफूहरूको प्राथमिकतामा राखेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट