२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यू-१९ महिला टी-२० विश्वकप छनोट : नेपालले आज कुवेतसँग खेल्दै

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । यू-१९ महिला टी -२० विश्वकप छनोटअन्तर्गतको खेल नेपालले आज कुवेतसँग खेल्दै छ । आफ्नो चौथो खेल नेपालले कुवेतसँग खेल्न लागेको हो । खेल यूएईमा भइरहेको छ ।

दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

प्रतियोगितामा चार मध्ये तीन खेलमा नेपालले जित हात पारेको छ । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई १०६ रनले हराएको थियो ।

शीर्ष स्थानमा रहने टोली यू १९ महिला टी२० विश्वकपमा छनोट हुनेछ । घरेलु टोली यूएई सबै चार खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट