२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कप्तान पूजाको कीर्तिमानी शतकसँगै नेपालले दियो कुवेतलाई विशाल लक्ष्य

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौँ । यूएईमा जारी महिला यु–१९ टि–ट्वान्टी विश्वकप छनोटमा नेपाली कप्तान पूजा महतोले कीर्तिमानी शतक प्रहार गरेकी छन् । पूजाको शतकसँगै यूएईको अजमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रनको विशाल योगफल तयार पारेको छ ।

पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १३० रन बनाइन् । पूजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक प्रहार गरेकी हुन् ।

सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन जोडिन् ।

कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट